मेलौलीमा निःशुल्क आँखा शिविर: आठसय जना लाभान्वित

बैतडी: बैतडीको मेलौलीमा सम्पन्न दुईदिने निःशुल्क आँखा शिविरबाट आठसय जना लाभान्वित भएका छन् । केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन भएको शिविरमा ७७९ जनाले ृवा लिएका हुन् ।

नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पताल गेटा कैलालीको आयोजना, सेवा फाउण्डेसनको आर्थीक सहयोग र मेलौली नगरपालिकाको साझेदारीमा आँखा शिविर सञ्चालन भएको गेटा आँखा अस्पतालका नेत्र अधिकृत नरेन्द्रराज बिष्टले बताउनुभयो ।

शिविरबाट ४४४ महिला र ३३५ पुरुष गरि ७७९ जनाको आँखा परिक्षण गरिएको छ। जसमध्ये ३८ महिला र ३१ पुरुषको मोतिबिन्दुको सफल शल्यक्रिया गरिएको नेत्र अधिकृत बिष्टले जानकारी दिनुभयो। यसैगरी ७०८ जनालाई निःशुल्क औषधि र ४७५ जनालाई चस्मा वितरण गरिएको जनाईएको छ।

मेलौलीमा शिविर सम्पन्न भएसगैं दार्चुलाको महेन्द्र नमुना मावि खलङ्गा र बैतडीको दोगडाकेदारमा शिविर सञ्चालन गरिने छ। दार्चुलाको खलङ्गामा यहि माघ १०, ११ र १२ गते, दोगडाकेदारको खोचलेकमा १४ र १५ गते शिविर सञ्चालन गरिने जनाईएको छ।

मेलौलीमा आँखा शिविर सञ्चालनका लागि मेलौली नगरपालिका र नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पताल गेटा कैलाली बिच सम्झौता गरिएको थियो। दुर्गम क्षेत्रका नागरिकलाई सेवा दिने उदेश्यले शिविरको आयोजना गरिएको नगर प्रमुख भिम बहादुर चन्दले बताउनुभयो।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!