बैतडीमा हातहतियार बुझाउन उर्दी

बैतडी: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा बैतडीमा हातहतियार बुझाउन उर्दी जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले माघ २० गतेसम्म हातहतियार बुझाउन उर्दी जारी गरेको हो ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न विभिन्न व्यक्तिहरुका नाममा रहेका इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले जानकारी दिनुभयो।
जिल्ला सुरक्षा समितिको निर्णयानुसार इजाजत प्राप्त सबै प्रकारका हातहतियार र सो मा प्रयोग हुने गोलीगठ्ठा बुझाउनुपर्ने जनाएको छ ।
आफ्नो पायक पर्ने नजिकको प्रहरी चौकी वा इलाका प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा हतियार बुझाउनुपर्ने र हतियार बुझाउँदा प्रहरी कार्यालयबाट अनिवार्य रुपमा भरपाई रसिद लिनुपर्नेछ ।
बुझाइएका हातहतियार चैत २० गते पश्चात फिर्ता गरिने र फिर्ता गर्दा हतियार बुझाएको भरपाई पेश गर्नुपर्ने जिल्ला सुरक्षा समितिले जनाएको छ ।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!