बैतडीमा १४ सय निर्वाचन प्रहरी भर्ना गरिने,प्रक्रिया सुरू

बैतडी: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा करिब १४ सय निर्वाचन प्रहरी भर्ना गरिने भएकाे छ।
बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलदेब बडुका अनुसार यहाँ एक हजार तिनसय ७५ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको हाे।
नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालको संयुक्त कार्यविधि–२०८२ अनुसार निर्वाचन प्रहरी छनोट, नियुक्ति तथा परिचालनका लागि योग्यता पुगेका नेपाली नागरिकबाट एकीकृत रूपमा दरखास्त आह्वान गरिएको जनाएको छ ।
इच्छुक उम्मेदवारले माघ १ गतेसम्म निवेदन दिनसक्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो ।
दरखास्त दिने स्थान जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीकाे गुल्म राखिएको छ।
निर्वाचन प्रहरीमा भर्ना हुनका लागि दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ । उम्मेदवार नेपाली नागरिक हुनुपर्ने, सामान्य लेखपढ गर्न जान्ने, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कुनै राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहेको र आतङ्ककारी वा विध्वंसात्मक सङ्गठनसँगसम्बन्ध नरहेको हुनुपर्ने जनाएको छ।
उचाइ र तौलतर्फ पुरुषको हकमा न्यूनतम उचाइ पाँच फिट तीन इन्च, छाति ३१–३३ इन्च, तौल ५० किलो तथा महिलाको हकमा न्यूनतम उचाइ पाँच फिट, तौल ४२ किलो तोकिएको छ । महिलाको हकमा गर्भवती नभएको वा भइसकेको अवस्थामा सो अवस्था समाप्त भएको हुनुपर्ने शर्त राखिएको छ ।
सम्पर्क मिति माघ ४ गते रहेकाे र माघ ५ देखि ९ गतेसम्म छनाेट हुनेछ ।
निर्वाचन प्रहरीको कार्यवधि नियुक्ति पाएकाे ४० दिन हुने जनाएको छ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!