काठमाडौं:अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)का अध्यक्ष जय शाहले नेपाल क्रिकेट संघ र अध्यक्ष चतुर बहादुर चन्दलाई बधाई दिनुभएको छ ।
एनपीएल दोस्रो सिजनको सफलतापूर्वक आयोजना गरी सम्पन्न गरेकोमा आइसीसी अध्यक्ष शाहले क्यानका अध्यक्ष चन्दलाई पत्राचार गर्दै बधाई दिनुभएको हो ।
साथै पत्रमा अध्यक्ष चन्दको नेतृत्वमा नेपाली क्रिकेट अर्को नयाँ उचाइमा पुग्ने विश्वास गरिएको छ । त्यस्तै एनपिएलले नयाँ खेलाडी मात्र उत्पादन गर्ने नभई अन्तराष्ट्रियस्तरमा समेत आफूलाई बलियो बनाउदै लैजानेमा अध्यक्ष शाहले विश्वास ब्यक्त गर्नुभएकाे छ ।
बधाई सन्देशसहितको पत्र पठाउँदै शाहले एनपीएलले संगठनात्मक व्यवस्थापन र क्रिकेटको गुणस्तर दुवै दृष्टिले उदाहरणीय मापदण्ड स्थापित गरेको उल्लेख गरेका छन् ।
शाहले भविष्यमा नेपालमा क्रिकेटको प्रवर्द्धन र विकासका लागि क्यानलाई निरन्तर सफलता मिलोस् भनी शुभकामना पनि व्यक्त गरेका छन् ।
