एनपिएल: विराटनगर पहिलाे क्वालिफायरमा प्रवेश

काठमाडौं:राजधानीमा जारी दाेस्राे संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आजकाे पहिलाे खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम राेयल्सलाई ६ विकेटले हराएकाे छ।
जितका लागि पाएकाे १४८ रनकाे लक्ष्य विराटनगरले ११.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायाे।
जसमा साम हिजलेट र फाफ डु प्लेसिसले अर्धशतकीय पारी खेले । साम ५१ र फाफ ५० रनमा आउट भए।
सुदूरपश्चिमका अभिनाश बाेहराले २ , हर्मित सिंहले १ विकेट हात पारे।
यसअघि त्रिभुवन विश्वविद्यालय  अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला,कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेकाे सुदूरपश्चिमले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४७ रन बनायाे।
जसमा आरिफ शेखले सर्वाधिक अविजित ४५,ईशान पाण्डेले ३८ रन जाेडे।
विराटनगरका कप्तान सन्दीप लामिछानेले ३,प्रतिश जिसीले २ विकेट हात पारे।
आजकाे जितले विराटनगरले पहिलाे क्वालिफायरमा सुदूरपश्चिमसंगकाे भेट पक्का गरेकाे छ।सुदूरपश्चिम यसअघि नै क्वालिफायर पुगिसकेको थियाे।
इलिमिलेटरमा काठमाडौं र लुम्बिनी खेल्नेछन् ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!