काठमाडौं: राजधानीमा जारी दाेस्राे संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आज दाेस्राे खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सले ह्याटि्रक जित निकालेकाे छ। ह्याटि्रक जित निकाल्ने क्रममा सुदूरपश्चिमले कर्णाली याक्सलाई ४५ रनले हरायाे।
जितका लागि पाएकाे १४० रनकाे लक्ष्य पछ्याएकाे कर्णाली १९.२ ओभरमा ९४ रनमा अलआउट भयाे।
जसमा पवन सराफले सर्वाधिक २७,मार्क वाटले १७, कप्तान साेमपाल कामीले १४,गुल्शन झाले १३ रन बनाउनुबाहेक अन्यले दाेहाेराे अंकमा रन छुन सकेनन् ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ४,हर्मित सिंहले २,अभिनास बाेहराले २ विकेट झारे ।
यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेकाे सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन बनायाे ।
जसका कप्तान दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ३९,आरिफ शेखले २७ रन जाेडे।
बलिङमा कर्णालीका कप्तान साेमपाल कामीले ३, नन्दन यादवले २ विकेट हात पारे।
सुदूरपश्चिम लगातार तेस्रो जितपछि ६ अंक जाेडेकाे छ।
समान ३ खेल खेलेकाे कर्णालीकाे याे दाेस्राे हार हाे।
नेपाल क्रिकेट संघ(क्यान)को आयाेजनामा मंसिर १ गते सुरू भएको प्रतियोगिता मंसिर २७ मा समापन हुनेछ।

