एकलाख बढीको अवैध भारतीय बिँडी बरामद

बैतडी: भारतबाट अवैध रूपमा भन्सार छली गरि ल्याएकाे बिडी बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले दशरथचन्द नगरपालिका वडा नम्बर ६ घुमापिपलबाट १ लाख ४ हजार ४ सय रुपैयाँ बराबरको २ सय ३२ बण्डल बिँडी र एक थान मोटरसाइकल बरामद गरेको
हाे ।

बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहका अनुसार विषेश सूचनाको आधारमा प्रहरी टोलीले बेवारिसे अवस्थामा उक्त सामग्री फेला पारेको जनाएको छ।

बिँडी र मोटरसाइकल छाेडेर मान्छे भने फरार रहेका छन् । मान्छेकाे खाेजी भइरहेको छ।

महाकालीमा पानीको बहाव घटेसँगै ट्युबामार्फत भन्सार छलीका सामग्री भित्र्याउने गरिएको छ ।

बरामद गरिएको भन्सार छलीको अवैध सामग्रीलाई आइतबार महाकाली भन्सार कार्यालय झुलाघाटमा बुझाइने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!