बैतडीका नयाँ मतदातामा उत्साह, छ सय बढीको नाम दर्ता

बैतडी: आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा पनि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या उत्साहजनक रहेको छ ।

गत असोज ९ गतेदेखि नामावली संकलन र अद्यावधिक कार्य सुरु भएकोमा हालसम्म छ सय बढीको नाम दर्ता भइसेकको जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर रतन चन्दले जानकारी दिनुभयो ।

चन्दका अनुसार हालसम्म छ सय १८ जनाको नामावलीमा नाम दर्ता भएको हो । जसमा दुईसय एक महिला र चार सय १७ पुरुष रहेका छन् ।

यस्तै दुई महिला र सात पुरुष गरेर नौ जना बाहिर जिल्लाका मतदाताको पनि नाम दर्ता भएको जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख पुरुषोत्तम जोशीले बताउनुभयो ।

यसअघि यहाँ एक लाख ६१ हजार तीनसय १२ जनाको नामावलीमा नाम दर्ता भएको रेकर्ड छ ।

जसमा ८२ हजार एकसय २६ पुरुष, ७९ हजार एकसय ८४ महिला र दुई तेस्रो लिंगी रहेका छन् ।

निर्वाचन आयोगको वेभसाइट धधध।भभिअतष्यल।नयख।लउ मा गएर अनलाईनमार्फत आफ्नो विवरण आफैं भर्न सक्ने व्यवस्था छ ।

अनलाईन विवरण भरिसकेपछि आवेदन फारम प्रिन्ट ल्याएर निर्वाचन कार्यालयमा फोटो र फिंगर प्रिन्ट लिनुपर्छ । त्यसपछि नामावलीमा नाम दर्ता हुने गर्दछ ।

नामावलीमा यसअघि नाम दर्ता गराउन छुटेका सम्पूर्णलाई नाम दर्ता गराउन जिल्ला निर्वाचन कार्यालयले आग्रह गरेको छ ।

सोह्र वर्ष उमेर पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका नागरिकहरुले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन् ।

फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता १६ वर्षमा हुने भएपनि मताधिकारका लागि १८ वर्ष पूरा भएको हुनुपर्दछ ।

यस्तै नेपाली कांग्रेस बैतडीले मतदातामा नाम दर्ता गराउन छुटेकालाई समयमै दर्ता गराउन आह्वान गरेकाे छ।

जसका लागि सहयाेग गरिने समेत जनाएको छ।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!