वडा सदस्यकाे निधन

बैतडी: बैतडीको दाेगडाकेदार गाउँपालिका-७ का वडा सदस्य महादेव भट्टकाे आज निधन भएकाे छ ।

४७ वर्षीय वडा सदस्य भट्टकाे हृदयघातका कारण निधन भएकाे दाेगडाकेदार गाउँपालिका अध्यक्ष चक्र बहादुर कार्कीले जानकारी दिनुभयाे।

केही वर्षदेखि मुटुका बिरामी रहेका भट्टकाे आज हृदयघात भएर निधन भएकाे हाे।

कामकाे शिलशिलामा कञ्चनपुरकाे भीमदत्तनगरमा रहेका भट्टकाे आज बिहान निधन भएको हाे।

भट्ट नेकपा एमालेबाट २०७४ र २०७९ मा वडा सदस्यमा निर्वाचित हुनुभएको थियाे।

भट्टका श्रीमती,२ छाेरा १ छाेरी छन्।

दशैंकाे दिन भट्टकाे निधन भएपछि घरपरिवार र गाउँनै शाेकमा डुबेकाे छ।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!