देहिमाडाैं मेला हेरेर फर्किरहेकी महिलाकाे बसकाे ठक्करबाट मृत्यु ,राजमार्ग अवरुद्ध

बैतडी: बसको ठक्करबाट बैतडीमा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाकाे दशरथचन्द नगरपालिका १ गुरूखाेलाकी ३३ वर्षीया भागरथी लुहार रहेकी बैतडीका प्रहरी प्रमुख,प्रहरी नायव उपरीक्षक दिपककुमार रायले जानकारी दिनुभयाे।

दशरथचन्द नगरपालिका २ देहिमाडाैंस्थित निङ्गलाशैनी मन्दिरमा लागेकाे जात्रा हेरेर फर्किरहेकी भागरथीलाई महाकाली यातायातको सु प प्र ०२००१ ख १०१७ नम्बरको बसले दशरथचन्द राजमार्ग अन्तरर्गत दशरथचन्द नगरपालिका १ गुरुखोलामा ठक्कर दिएको हाे ।

बसकाे ठक्करबाट भागरथीकाे घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ।
मृतकका आफन्तले दशरथचन्द राजमार्ग ठप्प पारेका छन्।
प्रहरी निरीक्षक बलराम पाण्डेय नेतृत्वको प्रहरी टाेली घटनास्थल पुगेकाे छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!