बैतडीमा टी-१० भेट्रान क्रिकेट सुरु: उद्घाटनमा आयाेजक विजयी

बैतडी:बैतडीमा आजदेखि टी-१० भेट्रान डीसिएल खसी कप खुल्ला क्रिकेट प्रतियोगिता सुरू भएकाे छ।
निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीको आयाेजनामा सुरू भएको प्रतियोगितामा आयाेजक विजयी भएकाे छ।
बिहान सम्पन्न खेलमा निङलाशैनी वारियरमाथि ८ विकेटको जित निकालेकाे हाे।

निङ्लाशैनीले दिएकाे १४१ रनकाे लक्ष्य एकेडेमीले १९.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्याे। जसमा प्रतीक बाेहराले अर्धसतकीय पारी खेले ।
म्यान अफ द म्याच समेत चुनिएका प्रतिक ५१ रनमा अविजित रहेका स्काेरर भास्कर बाेहराले जानकारी दिनुभयो ।
यस्तै सुशील बाेहराले अविजित ३५,दीपक बाेहराले ३१ रनकाे याेगदान गरे।
निङलाशैनीका मंगेश दयालले १ विकेट लिए।
निङ्लाशैनी खेल मैदान,देहिमाडाैंमा पहिला ब्याटिङ गरेकाे वारियरले निर्धारित १० ओभरमा ८ विकेटको क्षतिमा १४० रन बनायाे। उसका रिसिकेश बाेहराले ५८ रन बनाए।
आयाेजकका तर्फबाट यज्ञराज भट्ट र डम्बर पुजाराले २/२ विकेट झारे।
प्रतियोगितामा ११ टाेलीकाे सहभागीता रहकाे र ४ समूहमा विभाजन गरि खेल सञ्चालन भइरहेका आयाेजक निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीका अध्यक्ष दीपेन्द्रबहादुर बाेहराले जानकारी दिनुभयो ।

यसैबीच प्रतियोगिताकाे एक औपचारिक कार्यक्रम गरि उद्घाटन गरिएको थियोे । उद्घाटन समाराेहमा निङलाशैनी माविका प्रधानाध्यापक,निङलाशैनी बाेर्डिङ स्कुलका प्रधानाध्यापक हेमराज भट्ट,देहिमाडाैं बजार व्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर बाेहरालगायतकाे उपस्थिति रहेकाे थियाे।

प्रतियोगिताकाे विजेता र उपविजेता टाेलीले खसी,ट्रफी र प्रमाणपत्र पाउने आयाेजक निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीका सचिव राेशन बाेहराले बताउनुभयाे।

यस्तै म्यान अफ द सिरिजलाई २.५ कुखुराको मासु र ट्रफी, बेस्ट बलर र बेस्ट ब्याटरलाई १.५ कुखुराको मासु र ट्रफी पुरस्कार राखिएको छ। यसका साथै म्यान अफ दी म्याच,ह्याट्रिक,शतक, सर्वाधिक चाैका र छक्का प्रहार गर्ने खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ।
सहभागी टाेलीमा २ जना २५ वर्षदेखि ३० वर्षसम्म र बाँकी खेलाडी ३० वर्षमाथिका छन्।
२५ देखि ३० वर्षका दुई खेलाडीमध्ये १ खेलाडीलाई अनिवार्य रूपमा इम्प्याक्ट खेलाडीका रूपमा मैदान उतार्नुपर्ने प्रतियाेगिताका सहसंरक्षक चक्र बाेहराले बताउनुभयो ।

प्रतियोगिताले बैतडीमा क्रिकेट विकास हुने आयाेजक निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीकाे विश्वास रहेकाे छ।

oplus_2

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!