राष्ट्रपतिद्वारा अध्यादेश जारी,मतदाता नामावली संकलनको बाटो खुल्यो

फागुन २० गते १८ वर्ष उमेर पुगेका मतदाताले फागुन २१ को निर्वाचनमा मतदान गर्न पाउने

काठमाडौं:राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन संशोधन गर्न बनेको अध्यादेश जारी गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार बुधबार राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गर्नुभएको हो ।

sadak

सरकारले फागुन २१ गते चुनावको घोषणा गरेसँगै नयाँ मतदाताको नाम संकलनको बाटो खुला गर्न मतदाता नमावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश राष्ट्रपतिसमक्ष पेश गरेको थियो ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार आयोगले नयाँ मतदाता सङ्कलनका लागि कार्ययोजना बनाएर लागू गर्नेछ ।

सोही योजना अनुसार कुन मितिबाट सुरु गरेर कहिलेसम्म संकलन गर्ने भन्ने मिति तय हुनेछ ।

२०८२ फागुन २० गते १८ वर्ष उमेर पुगेका मतदाताले फागुन २१ मा हुने निर्वाचनमा मतदान गर्न पाउने छन् ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!