पहिराले महाकाली राजमार्ग अवरुद्ध,जयपृथ्वी राजमार्ग खुल्यो

बैतडी: वर्षासंगै पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ ।

राजमार्ग अन्र्तगत बैतडीको दोगडाकेदार ५ सलसेनास्थित साजाधारमा बिहान सवा ९ बजे पहिरो खसेको स्थानीय समेत रहेका गाडी चालक शेरसिंह कार्कीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“ वर्षापछि सडक माथिबाट ठुलो पहिरो खसेको छ । सवारी आवागमन पूर्ण रुपमा रोकिएको छ ।”

राजमार्ग अवरुद्ध हुँदा महेन्द्रनगर,धनगढी,काठमाडौंका साथै सदरमुकामसंगको सडक सम्बन्ध समेत टुटेको छ ।

यात्रुहरु पनि बीचबाटोमै अलपत्र परेका छन् । राजमार्ग खुलाउन पहल थालिएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।

उता अवरुद्ध रहेको जयपृथ्वी राजमार्ग भने खुलेको छ ।

खोडपे–बझाङ सडकखण्डको मुस्याखानमा पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग सुचारु भएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।

राजमार्ग खुलेसंगै यात्रुहरु आ आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!