अष्ट्रेलिया विश्वकप क्रिकेटको सुपर ८ मा प्रवेश

काठमाडौं: अमेरिकामा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाले सुपर-८ मा स्थान सुरक्षित गरेकाे छ। अष्ट्रेलियाले लगातार तेस्रो जित निकाल्दै सुपर-८स्थान सुरक्षित गरेकाे हाे।
तेस्रो जित दर्ता गर्ने क्रममा  ​अष्ट्रेलियाले नामिबियालाई ९ विकेटले हरायाे।
नामिबियाले दिएकाे ७३ रनकाे लक्ष्य अष्ट्रेलियाले ५ ओभर ४ बल खेल्दै ७३ रनको लक्ष्य भेट्टायो।  

७३ रनको झिनो लक्ष्य भेट्टाउने क्रममा अष्ट्रेलियाका ट्रेभिस हेडले ३४ तथा मिचेल मार्स १८ रनमा नटआउट रहे। ओपनर डेभिड वार्नर २० रन बनाएर आउट भए। 

त्यसअघि टस  हारेर ब्याटिङ गरेको नामिबियाले १७ ओभरमा अलआउट हुँदै ७२ रनमात्र बनाउन सक्यो। 

नामबियिाका जेराड इरामुसको ३६ रन नै सर्वाधिक रह्यो। यस्तै ओपनर माइकल भानले १० रन बनाउनु बाहेक अन्य कुनै ब्याट्सब्यानले दोहोरो अंक बनाउन सकेनन्। 

अष्ट्रेलियाका एडम जाम्पाले चार,मार्कस स्टोनिस र जोश हाजउडले समान २–२ विकेट हात पारे।

समूह बीमा रहेको अस्ट्रेलियाले लगातार तीन खेल जित्दै सुपर ८ मा प्रवेश गरेको छ।  समान तीन खेल खेलेको स्कटल्याण्डको पाँच अंक रहेको छ।  नामिबियाले भने तीन खेलमा एक जित निकालेको छ

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!