बैतडी:बैतडीमा रातिकाे समयमा सवारीसाधन सञ्चालनमा राेक लगाइएको छ।
लगातारको वर्षाको कारण पहिरो र बाढीको जोखिम हुनसक्ने भएकाेले रातिकाे समयमा राजमार्ग र सहायक सडकहरूमा सवारीसाधन सञ्चालनमा राेक लगाएको हाे ।
विपदको जोखिम रहँदासम्म आपतकालीन अवस्था बाहेक रातिको समयमा सवारी साधन नचलाउन अनुरोध गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पाैडेलले जानकारी दिनुभयाे।
गृहमन्त्रालयकाे आदेशअनसार रातिकाे समयमा सवारीसाधन सञ्चालनमा राेक लगाइएको हाे।
उहाँले भन्नुभयाे,” अविरल वर्षा भइरहेकोले रातिकाे समयमा विपद्काे जाेखिम बढी हुन्छ। त्यसैले विपदको जोखिम रहँदासम्म आपतकालीन अवस्था बाहेक रातिको समयमा सवारी साधन नचलाउन र रातको समयमा यात्रा नगर्न अनुरोध गरेका हाैं।”
याे नियम आजै रातिदेखि लागू हुनेछ ।
रातिकाे यात्राका लागि हिडिसकेका यात्रु तथा सवारीसाधनलाई सुरक्षित स्थानमा राेकिने जनाएको छ।
उहाँले भन्नुभयाे,”आपतकालिनबाहेक रातिकाे समयमा सञ्चालन हुने सवारीसाधनलाई राेक लगाइएको छ। एम्बुलेन्स र आकस्मिक कामबाहेकलाई याे लागू हुनेछ।”
वर्षाका कारण विपद्काे जाेखिम बढेकाेले सतर्कता अपनाउन समेत आग्रह गरिएको छ।
यस्तै विपदजन्य घटना भएको अवस्थामा तत्काल परिचालित हुनेगरी तयारी अवस्थामा रहन सबै जिम्मेवार निकाय तथा पदाधिकारीका साथै सरोकारवालालाई जिल्ला प्रशासन कार्यालयले अनुरोध छ ।
गएकाे २ दिनदेखिकाे लगातारको वर्षाका कारण यहाँको जनजीवन प्रभावित बनेकाे छ।
