विश्वकप क्रिकेट: नेपालसंगकाे खेल रद्द हुँदा श्रीलंका बाहिरयाे

काठमाडौं:आईसीसी टी–२० विश्वकप २०२४ अन्तरगत नेपाल र श्रीलंकाबीचको खेल रद्द भएको छ ।

अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा नेपाली समयअनुसार बिहान ५ः१५ बजे सुरु हुनुपर्ने नेपाल र श्रीलंकाबिचको खेल वर्षाका कारण रद्द भएको हाे ।
बर्षा नराेकिएपछि दुबै टाेलीले १-१ अंक बाँडेका छन्।

नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग हार बेहोरेको थियो । श्रीलंकाले यसअघिका पनि दुवै खेलमा हार व्यहाेरेकाे थियाे । याे संगै श्रीलंका बाहिरिएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!