नेपाल पुग्याे मनसुन,सतर्कता अपनाउन आग्रह

काठमाडौं: यस वर्षको मनसुन प्रणाली नेपाल पुगेको छ। मनसुन कोशी प्रदेशको पूर्वी भू-भागबाट नेपाल भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भएपनि यस वर्षको तीन दिन छिटो भित्रिएको हाे।

देशका अन्य भू-भागमा केही दिनमा क्रमिक रुपमा मनसुन हुने अनुमान गरिएको छ। आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

नेपालमा यस वर्ष अत्यधिक वर्षा हुने भएकाेले सतर्कता अपनाइराख्न आग्रह गरिएको छ।

यस वर्ष अत्यधिक वर्षा हुने पूर्वानुमान रहेकाले सोहीअनुसारका योजना बनाई तयारीमा जुट्न तथा आपत्कालीन पूर्वतयारी गर्ने भन्ने बारेमा समयमै ध्यान दिनुपर्नेमा जाेड दिइएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!