दार्चुला: पहिराेले अवरुद्ध बनेकाे महाकाली राजमार्ग सुचारू भएकाे छ।
आइतबार रातिको अविरल वर्षाका कारण राजमार्ग अन्तर्गत गोकुलेश्वर-दार्चुला सडकखण्ड अन्तरगत मालिकार्जुन गाउँपालिका- ३ तेर्छालेक र शैल्यशिखर नगरपालिका-६ को रनेबासमा पहिरो खसेकाे थियाे।
पहिराेलाई जेसीबीले पन्छाइएसंगै राजमार्ग बिहान ११ बजेपछि सुचारु भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिनुभयो ।
राजमार्ग खुलेसंगै बन्द रहेकाे सवारी आवागमन पनि खुलेकाे छ।
सवारी साधन सञ्चालन आएसंगै अलपत्र यात्रु पनि आ आफ्नो गन्तव्यतर्फ लागेका प्रहरीले जनाएको छ।
लगातारकाे वर्षाले यहाँको जनजीवन पनि प्रभावित बनेकाे छ।
