काठमाडौं: अमेरिकामा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई ६ रनले हराएको छ ।
भारतले दिएको १ सय २० रनको लक्ष्य पछ्याएकाे पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११३ रन मात्र बनाउन सक्यो ।
पाकिस्तानका मोहम्मद रिजावनले सर्वाधिक ३१,
इमाद वसिमले १५, कप्तान बाबर आजम, उसमान खान र फखर जमानले १३–१३ रनको योगदान दिएपनि हार टार्न सकेनन् ।
भारतका लागि जसप्रित बुमराहले ३ तथा हार्दिक पाण्ड्याले २ विकेट लिए ।
भारतको यो लगातार दोस्रो जित हो भने पाकिस्तानको लगातार दोस्रो हार । टी–२० भारतले रक्षा गरेको यो सबैभन्दा कम योगफल पनि थियो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले १९ ओभरमा सबै विकेटको क्षतिमा १ सय १९ रन बनायोे ।
जसमा ऋषभ पन्तले सर्वाधिक ४२ रन बनाए ।
पाकिस्तानमा हरिश राउफले ३ विकेट लिए ।
