दोगडाकेदारमा हरेक शुक्रबार सरसफाइ अभियान सञ्चालन हुने

बैतडी:बैतडीको दोगडाकेदार गाउँपालिकाले हरेक शुक्रबार सरसफाइ अभियान सञ्चालन गर्ने भएको छ ।

गाउँपालिकाको प्रतिकार्य समितिको निर्णय अनुसार हरेक शुक्रबार सरसफाइ अभियान सञ्ंचालन हुने प्रमुख प्रशासकीय अधिकृत नरेश राज जोशीले जानकारी दिनुभयो ।

यो अभियान ३ महिना सञ्चालन हुने जनाएको छ । साउन, भाद्र र असोज महिना डेंगी रोगको महामारी फैलन सक्ने भएकोले सरसफाइ अभियान सञ्चालन गरिन लागिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताउनुभयो ।

डेंगी रोगको महामारी फैलन सक्ने भएकोले सबै सार्वजनिक निकाय,कार्यालय विद्यालय तथा सार्वजनिक स्थलहरुमा सरसफाइ तथा लामखुट्टेको प्रजनन् स्थल “वासस्थान खोज र नष्ट गर” अभियान सञ्चालन हुनेछ।
उक्त अभियानमा सहभागिताका लागि दोगडाकेदार गाउँपालिका अन्तर्गतका सम्पूर्ण कार्यालयहरु,सामुदायिक विद्यालयहरुलाई समेत जानकारी गराइएको छ ।

यो अभियानले डेंगी रोग रोकथाम हुने विश्वास गरिएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताउनुभयो ।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!