बैतडी: वर्षासंगै खसेकाे पहिराले अवरुद्ध भएकाे बैतडी-बझाङ जाेड्ने जयपृथ्वी राजमार्ग सुचारु भएकाे ।
जिल्लाको सिगास गाउँपालिका ९ रमिलापुरमा सडक माथिबाट पहिराे खस्दा गएरातिदेखि राजमार्ग अवरुद्ध भएको थियाे।
अवरुद्ध राजमार्ग बिहान पाैने ११ बजेदेखि सुचारू भएकाे बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले बताउनुभयो ।
सडक डिभिजन कार्यालय पाटनकाे जेसिबीले पहिराे पन्छाएपछि राजमार्ग खुलेकाे उहाँले बताउनुभयो।
राजमार्ग अवरुद्ध हुँदा पूर्ण रूपमा राेकिएकाे सवारी आवागमन पनि सञ्चालन भएको छ।
सवारी आवागमन सुचारू भएसंगै बीचबाटाेमै अलपत्र यात्रुहरू आ-आफ्नाे गन्तव्यतर्फ लागेका छन्।
जयपृथ्वी राजमार्ग बेलाबेलामा पहिराे खस्दा अवरुद्ध हुने गरेकाे छ।
यसअघि साउन २० गते पनि झ्याउलेकमा पहिराे खस्दा उक्त राजमार्ग अवरुद्ध बनेकाे थियाे।
