बैतडी: वर्षासंगैकाे पहिराले आज बिहानैदेखि बैतडी-बझाङ जाेड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएकाे छ।
जिल्लाको सिगास गाउँपालिका ९ रमिलापुरमा सडक माथिबाट पहिराे खस्दा राजमार्ग अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले बताउनुभयो ।
अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेकाे छ।
राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा राेकिएकाे छ।
सवारी आवागमन राेकिदा यात्रुहरू बीचबाटाेमै अलपत्र परेका छन्।
जयपृथ्वी राजमार्गमा बेलाबेलामा पहिराे खस्दा अवरुद्ध हुने गरेकाे छ।
