एनपिएल पहिलाे सिजन: २८ कराेड आम्दानी,साढे २ कराेड नाफा

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको आय–व्यय विवरण सार्वजनिक गरेको छ। 

संघको केन्द्रीय कार्यसमितिले पहिलो संस्करणमा कुल आम्दानी २७ करोड ६९ लाख ६४ हजार ८१८ रुपैयाँ रहेको सार्वजनिक गरेको हो। प्रतियोगितामा कुल खर्च २० करोड १५ लाख ७३ हजार ५५९ रुपैयाँ रहेको छ। 

आय–व्ययपछि कुल ७ करोड ५३ लाख ९१ हजार २५९ रुपैयाँ नाफा देखिएको छ। त्यसमा ८ फ्रेञ्चाइज टोलीहरूलाई ५० प्रतिशत राजस्व बाँडफाँड गरिएको छ जसको रकम ४ करोड ३७ लाख ४० हजार ४७० रुपैयाँ रहेको छ। बाँडफाँडपछि क्यानको नाफा २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ रहेको छ।
प्रतियोगिताकाे उपाधि जनकपुर बाेल्ट्सले जितेकाे थियाे।

Oplus_131072

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!