पहिराले दशरथचन्द राजमार्ग अवरुद्ध

बैतडी:पहिराले दशरथचन्द राजमार्ग अवरुद्ध भएकाे छ।

आज बिहान ७:४५ बजे राजमार्ग अन्तरगत पाटन नगरपालिका ४ जेउडेमा सडकमाथिबाट पहिराे खसेकाे हाे।

पहिराे खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएकाे छ।

राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन ठप्प रहेकाे बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले बताउनुभयो ।

अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!