विश्वकप: अफगानिस्तानकाे ऐतिहासिक जित,न्यूजिल्याण्ड ७५ रनमा अलआउट

काठमाडौं: अमेरिकामा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले न्यूजिल्याण्डमाथि ऐतिहासिक जित दर्ता गरेकाे छ।
ऐतिहासिक जित दर्ता गर्ने क्रममा अफगानिस्तानले न्यूजिल्याण्डलाई ८४ रनले हरायाे ।
अफगानिस्तानले न्यूजिल्याण्डलाई हराएको यो पहिलो पटक हो ।

अफगानिस्तानले दिएको १६० रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्ड १५.२ ओभरमा मात्रै ७५ रन बनाउँदै अल आउट भयो ।

न्यूजिल्याण्डलाई सस्तोमा समेट्न फजाल्हाक फारूकीले र राशिद खान ४/४ विकेट लिए ।

न्यूजिल्याण्डका लागि ग्लेन फिलिप्सले १८ र म्याट हेनरीले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ६ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको थियो । ओपनरद्वय रहमनुल्लाह गुरबाज र इब्राहिम जादरानले पहिलो विकेटका लागि शतकीय साझेदारी गरेका थिए । जादरान ४१ बलमा ४४ रन जोड्दै आउट भए भने गुरबाजले सर्वाधिक ८० रन बनाए ।
न्युजिल्याण्डका लागि ट्रेन बोल्टर म्याट हेनरीले २–२ विकेट हात पारे।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!