गृहमन्त्री लेखक भाेलि बैतडी आउदै,यस्ताे छ भ्रमणतालिका

बैतडी:गृहमन्त्री रमेश लेखक बुधबार बैतडी भ्रमणमा आउनुहुने कार्यक्रम रहेकाे छ।
लेखककाे बैतडी पुर्खाैली घर पनि हाे ।

पुर्खाैली घरमा घरायसी कामका लागि गृहमन्त्री लेखक बैतडी आउनलाग्नुभएको उहाँका स्वकिय सचिव जनकराज भट्टले जानकारी दिनुभयाे।

बैतडी रहँदा उहाँले कार्यकर्ता भेटघाट गर्ने समेत कार्यक्रम रहेकाे छ।

नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दका अनुसार बुधबार भाेलि बेलुका ५ बजे पाटनमा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेकाे छ।

यस्तै बिहीबार बिहान ८ बजे कांग्रेस जिल्ला कार्यालय गाेठलापानीमा पनि कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया राखिएको छ ।
यसका साथै उहाँले साेही दिन प्रसिद्ध त्रिपुरा सुन्दरी मन्दिरमा पनि पाठपूजा गर्ने कार्यक्रम रहेकाे जनाएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!