सुदूरपश्चिममा द्वारिकादेवी महिला क्रिकेट हुने, खेलतालिका सार्वजनिक

बैतडी: सुदूरपश्चिम प्रदेशमा द्वारिकादेवी ठकुरानी यू-१९ टि-२० प्रदेशस्तरीय महिला क्रिकेट हुने भएको छ।

कैलाली जिल्ला क्रिकेट संघको आयाेजना तथा सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको प्राविधिक सहयाेगमा यही असार १२ गतेदेखि प्रतियोगिता सञ्चालन हुने भएको हाे।

प्रतियोगितामा प्रदेशका आठ जिल्लाकाे टाेलीकाे सहभागीता रहने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टले जानकारी दिनुभयो ।

सहभागी हुने टाेलीलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह ए मा कैलाली,कञ्चनपुर,अछाम र बझाङ रहेका छन्।

समूह बी मा डडेल्धुरा,बैतडी,डाेटी र दार्चुला रहेका छन्।

कैलालीस्थित फाप्ला मैदानमा असार १२ हुने उद्घाटन खेलमा कैलाली र कञ्चनपुर भिड्नेछन् । साेही दिन हुने अर्काे खेलमा अछाम र बझाङ खेल्नेछन् ।

असार १३ गते हुने पहिलाे खेलमा कैलाली र अछाम भिड्दा दाेस्राेमा कञ्चनपुर र बझाङ प्रतिस्पर्धा गर्नेछन् ।

असार १४ गते कैलाली र बझाङ तथा अछाम र कञ्चनपुर आमनेसामने हुनेछन् ।

असार १५ गते बैतडी र दार्चुला तथा डडेल्धुरा र डाेटी खेल्नेछन् ।

असार १६ गते डडेल्धुरा र बैतडी तथा डाेटी र दार्चुलाबीच भिडन्त हुनेछ ।

असार १७ गते डडेल्धुरा र दार्चुला तथा डाेटी र बैतडी प्रतिस्पर्धा गर्नेछन् ।

असार १८ गते समूह ए काे विजेता र समूह बी काे उपविजेता तथा समूह बी काे विजेता र समूह ए काे उपविजेता सेमिफाइनलमा भिड्नेछन् ।

असार १९ गते फाइनल भिडन्त हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष रमेश बाेहराले बताउनुभयो ।

प्रतियोगिताकाे प्रथम पुरस्कार २ लाख, द्वितीयलाई १ लाख पुरस्कार दिइने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका काेषाध्यक्ष दिनेश सिंहले जानकारी दिनुभयाे।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!