बैतडी: माओवादी पार्टी कार्यालयमा आगजनी, एमालेद्वारा कारबाहीकाे माग

बैतडी: नेकपा माओवादी केन्द्र बैतडीको जिल्ला कार्यालयमा आगजनी गर्ने समूहलाई कारबाहीकाे माग गरिएको छ।

नेकपा एमाले बैतडीले आज एम विज्ञप्ति जारी गर्दै आगजनीमा संलग्नलाई कारबाहीकाे माग गरिएको हाे ।

सदरमुकामस्थित टुडिखेलनजिक रहेकाे कार्यालयमा शनिबार साँझ ६ बजेतिर अज्ञात समूहले माओवादी पार्टी कार्यालयमा आगजनी गरेकाे थियाे ।

एमाले बैतडीका अध्यक्ष नरेश कुमार विश्वकर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा आगजनीकाे घटनाप्रति घोर निन्दा एवं भर्त्सना गरिएको छ ।

विज्ञप्तिमा भनिएकाे छ “समाजमा हुने यस्ता खालका अपराध र दुष्कर्मको निर्मुल गरी सार्वजनिक सम्पत्तिको सुरक्षा र आम नागरिकहरुको सुरक्षित अनि भयरहित वातावरणको सिर्जना गर्नु राज्यको दायित्व हो । अगामी दिनहरुमा यस्ता किसिमका घटनाहरु दोहोरिन नदिन, शान्ति सुरक्षा र अमनयनको वातावरण सिर्जना गरी उक्त घटनाको सत्य, तथ्य र निष्पक्ष छानविन गरी दोशी उपर यथासिघ्र कारबाहीको दायरामा ल्याई कडा भन्दा कडा कारबाहिको लागि नेकपा (एमाले) बैतडी जोडदार माग गर्दछ ।”

आगजनीबाट कार्यालयमा रहेका कागजपत्र,टेबुल कुर्सीलगायतका सामग्री जलेर नष्ट भएका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलदेब बडूले जानकारी दिनुभयो ।

आगाेलाई नेपाल प्रहरी,सशस्त्र प्रहरी बल र स्थानीयले नियन्त्रणमा लिएका थिए।

आगाे लगाउने समूहकाे खाेजी भइरहेको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!