अज्ञात समूहद्वारा माओवादी केन्द्रकाे पार्टी कार्यालयमा आगजनी

बैतडी: नेकपा माओवादी केन्द्र बैतडीको जिल्ला कार्यालयमा आगजनी भएकाे छ।

सदरमुकामस्थित टुडिखेलनजिक रहेकाे कार्यालयमा शनिबार साँझ ६ बजेतिर अज्ञात समूहले आगजनी गरेकाे हाे ।

आगजनीबाट कार्यालयमा रहेका कागजपत्र,टेबुल कुर्सीलगायतका सामग्री जलेर नष्ट भएका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलदेब बडूले जानकारी दिनुभयो ।

आगाेलाई नेपाल प्रहरी,सशस्त्र प्रहरी बल र स्थानीयले नियन्त्रणमा लिएका छन्।

आगाे लगाउने समूहकाे खाेजी भइरहेको प्रहरीले जनाएको छ।

आगजनीकाे क्षतिकाे विस्तृत विवरण संकलनकाे काम भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!