काठमाडौं:अमेरिकामा जारी टी–२० विश्वकपमा क्रिकेटमा भारत विजयी भएको छ। भारतले आयरल्याण्डलाई ८ विकेटले सजिलै हराएको हाे ।
आयरल्याण्डले दिएको ९७ रनको लक्ष्य भारतले १२.२ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गर्याे।
जसमा भारतका लागि कप्तान रोहित शर्माले ५२ र ऋषभ पन्तले ३६ रन बनाए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड १६ ओभरमा ९६ रनमा सीमित बनेको थियो । उसका गेराथ डेलानीले २६ रनको योगदान दिए ।
भारतका लागि हार्दिङ पाण्ड्याले ३, अर्शदीप सिंह र जसप्रित बुमराहले २–२ विकेट लिए ।
