बैतडी: व्यवसायिक तरकारी खेतीमा लाग्नका लागि कृषि ज्ञान केन्द्र बैतडीले किसानहरुलाई बर्खे तरकारीको बीउ वितरण गरेको छ ।
जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं ७ को बाइम, बन्साड र रत्नकाँडा क्षेत्रका विपन्न, एकल महिला र सिमान्तकृत समुदायका २७ जनालाई तरकारीको बीउ वितरण गरिएको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीले बताउनुभयो ।
स्थानीयस्तरका किसानहरुलाई आत्मनिर्भर बनाउनका लागि बीउबिजन र विभिन्न सामग्री वितरण गरिएको हो । व्यवसायिक तरकारी खेतीमा लाग्नका लागि किसानहरुलाई बीउ र सामग्री वितरण गरिएको बताइएको छ ।
डिलाशैनी गाउँपालिकाको कृषि शाखाको समन्वयमा बीउबिजन र अन्य सामग्री वितरण गरिएको जनाएको छ ।
