काठमाडौं:अमेरिकामा जारी टी–२० विश्वकपमा क्रिकेटमा नामिबियाले ओमानलाई सुपर ओभरमा पराजित गरेको छ । सुपर ओभरमा नामिबियाले दिएको २२ रनको लक्ष्य पछ्याएकाे ओमानले ६ बलमा १० रन मात्र बनाउन सक्यो ।
पहिले ब्याटिङ गरेको नामिबियाले २१ रन बनाएको थियो । डेभिड विसाले १३ र जेर्हार्ड इरास्मसले ८ रन जाडे ।
यसअघि खेल निर्धारित ओभरमा रोमाञ्चक बराबरीमा टुंगिएको थियो । त्यसपछि खेल सुपर ओभरमा पुगेको थियो ।
१ सय १० रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९ रन मात्र बनाउन सक्यो ।
नामिबियाका लागि जान फ्राइलिंकले सर्वाधिक ४५, निकोलास डाभिनले २४ रन जोडे ।
ओमानका लागि मेहरन खानले ३ विकेट लिए भने बिलाल खान, अकिब इलियास र आयान खानले १–१ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको ओमानले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९ रन बनाएको थियो ।
जसमा खालिद काइल ३४ र जिसान मक्सुदले २२ रन बनायाे।
नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले ४,डेभिड विसाले ३ तथा जेर्हार्ड इरास्मसले २ विकेट लिए ।
