कांग्रेस १५ औं महाधिवेशनः बैतडीमा ४ हजार ६ सयको सदस्यता नवीकरण

बैतडी: नेपाली कांग्रेस बैतडीले ४ हजार ६ सय ७ जनाको क्रियाशील सदस्यता नवीकरण गरेको छ ।

तोकेको समयमा सदस्यता शुल्क बुझाएका सदस्यहरुको क्रियाशील सदस्यता नवीकरण गरिएको हो ।

कांगे्रसको १५ औं महाधिवेशनका लागि क्रियाशील सदस्यहरुको सदस्यता नवीकरण गरिएको क्रियाशील सदस्यता अद्यावधिक समितिका संयोजक रमेश बोहराले बताउनुभयो ।

पार्टीको विधान अनुसार शुल्क बुझाएकाहरु नामावली नेपाली कांगे्रसको केन्द्रीय कार्यालयलाई पठाइएको हो ।

कांग्रेसको केन्द्रीय कार्यालयले वैशाख मसान्तभित्र क्रियाशील सदस्यता नवीकरण गरी केन्द्रमा नामावली पठाउन गरेको निर्देशन अनुसार सदस्यहरुको विवरण पठाइएको नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले जानकारी दिनुभयो ।

केन्द्रीय कार्यालयको परिपत्र बमोजिम तोकिएको शुल्क जिल्ला कार्य समितिमा जम्मा नगर्ने जनप्रतिनिधि, राजनीतिक नियुक्ति प्राप्त व्यक्ति र पार्टी पदाधिकारीहरुको सदस्यता नवीकरण नगरिएको जनाएको छ ।

यस्तै पछिल्लो स्थानीय तह र संघ प्रदेशको निर्वाचनमा अनुशासनको कारवाहीमा परेका, विभिन्न समानान्तर समिति बनाएर नेपाली कांग्रेस बैतडीलाई विवादित र विभाजित बनाउने व्यक्तिहरुको सदस्यता जिल्ला कार्यसमितिले गरेको निर्णय अनुसार नवीकरण अस्वीकृत गरिएको बोहराले बताउनुभयो ।

यसअघि बैतडीमा साढे ६ हजार क्रियाशील सदस्य रहेका थिए । बाँकी क्रियाशील सदस्यहरुले तोकिएको शुल्क तिरेर यही जेठ १५ गतेभित्र अझै सदस्यता नवीकरण गर्न सकिने नेपाली कांग्रेस बैतडीले जनाएको छ ।

१५ औं महाधिवेशनका लागि नयाँ क्रियाशील सदस्यता फारम वडा –वडामा पठाउने कार्य भइरहेको क्रियाशील सदस्यता अद्यावधिक समितिका संयोजक बोहराले बताउनुभयो ।

नेपाली कांग्रेस बैतडीले प्रशिक्षण कार्यक्रमको समेत सञ्चालनको तयारी गरेको छ ।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!