पत्रकार महासंघ बैतडीका उपाध्यक्ष ओझालाई पति शाेक, महासंघद्वारा दुःख व्यक्त

बैतडी :  नेपाल पत्रकार महासंघ बैतडीका उपाध्यक्ष रतना कलाैनी(ओझा)लाई पतिशाेक परेकाे छ।

काठमाडौंमा उपचाररत बैतडीको मेलौली नगरपालिका-६ गाजरीका रतनाका श्रीमान चूडामणि ओझाको आज बिहान निधन भएकाे हाे।

अचानक बेहाेस भएर ढल्दा टाउकोमा चाेट लागेका चुडामणी गएकाे ३ हप्तादेखि सशस्त्र प्रहरी बलको अस्पताल, काठमाडौँमा उपचाररत हुनुहुन्थ्यो ।

टाउकाको शल्यक्रिया गरेर आइसीयूमा उपचाररत ओझाकाे आज बिहान निधन भएकाे हाे।

सशस्त्र प्रहरी बलमा कार्यरत ओझाको दरबन्दी बैतडी गुल्ममा रहेको थियाे।

ओझाका १ छाेरा रहेका छन्।

यसैबीच ओझाकाे निधनप्रति नेपाल पत्रकार महासंघ बैतडीले दुःख व्यक्त गरेकाे छ।

महासंघ बैतडीका सचिव विनाेद सिंह विष्टले शाेक विज्ञप्ति जारी गर्दै मृतक ओझाप्रति भावपूर्ण श्रद्धाञ्जली तथा परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ।

 

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!