बैतडी:बैतडीको दशरथचन्द नगरपालिकाले भोलि( बिहीबार) देखि नगर बस सेवा सञ्चालन गर्ने भएकाे छ।
यहाँ पहिलाेपटक नगरबस सञ्चालनमा आउन लागेकाे हाे।
नगर बस सञ्चालनका लागि आवश्यक सबै कानुनी प्रक्रिया पूरा गरेर भोलिदेखि नगर बस सेवा सञ्चालनमा ल्याइने दशरथचन्द नगरपालिकाका सूचना अधिकारी राजेन्द्र बिष्टले बताउनुभयाे ।
नगर बस बिहान ८ बजे सतबाँझ-गाेठलापानी- झुलाघाटसम्म सञ्चालन हुनेछ। झुलाघाटबाट दिउँसो ३ बजे साेही रूट फिर्ता हुनेछ।
नगर बस सञ्चालनका लागि भाडादर समेत तय गरिएको छ । २०८० साल जेठ ८ गते जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले तय गरे अनुसारकै भाडादर कायम गरिएको नगरपालिकाले जनाएको छ ।
सतबाँझबाट गाेठलापानीकाे भाडा १२० र झुलाघाटसम्म २४० कायम गरिएको छ।
दशरथचन्द नगरपालिकाले बाेलपत्र आह्वान गरेर २०८१ चैतमा काठमाडौंकाे सिपर्दी टेडिङ प्रालिले टेन्डरमार्फत ४३ लाख ९८ हजार २२९ रूपैंयामा उक्त बस खरिद गरेकाे थियोे ।


