सुदूरपश्चिमका ३२ विद्यालय नमुनाका लागि छनौट(नामसहित)

बैतडी: बैतडीसहित सुदूरपश्चिम प्रदेशका ३२ सामुदायिक विद्यालय नमुनाका लागि छनौट भएका छन् ।

प्रदेशका नौ वटै जिल्लामा गरेर नमुना विद्यालय छनौट गरिएको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत जयदेव महराले जानकारी दिनुभयो ।

नौ जिल्लाका १६ निर्वाचन क्षेत्रका ३२ सामुदायिक विद्यालयलाई नमुना विद्यालय छनौट गरिएको हो । प्रदेश सभा निर्वाचन क्षेत्र नमूना विद्यालय अन्र्तगत प्रस्तावना दर्ता भएका मध्ये नमुनाका लागि छनोट गरिएका हुन् ।

मन्त्रालयले नमुना विद्यालयका लागि प्रदेशभरीका सामुदायिक विद्यालयलाई मागेकोे आवेदन अनुरुप सामाजिक विकासमन्त्री मेघ बहादुर खडकाकोे अध्यक्षतामा बसेको बैठकले नमुना विद्यालय छनौट गरेको जनाएको छ ।

छनौट भएका विद्यालयहरुमा बैतडीको सुर्नया गाउँपालिकामा रहेको बासुदेव मावि लिप्किटा र दशरथचन्द नगरपािलकामा रहेको बिरेन्द्र मावि साहिलेक रहेका छन् ।

यस्तै दार्चुलामा लटिनाथ मावि रक्कोट र सम्पाल मावि ब्यास, डडेल्धुरामा भागेश्वर मावि परशुराम, भुवनेश्वरी मावि गन्यापधुरा, बझाङमा लामातोला मावि खप्तडछान्ना र सरस्वती मावि बुङगल, डोटीमा राधाकृष्ण मावि गोपघाट र बछैन मावि बडिकेदार, बाजुरामा जनप्रकास मावि र पशुपती मावि बुढीनन्दा, अछामा प्रभाधम्कोट मावि र नेपाल राष्ट्रिय मावि चाफामाडौं, मालिका मावि पञ्चदेवल र गुरुकुल मावि ढकारी छनौट भएका छन् ।

कञ्चनपुरमा सरस्वती मावि पुर्नवास, महाकाली मावि बेलौरी, कृष्ण मावि गुलरिया, भुवनेश्वरी मावि सिसैया र लक्ष्मी मावि बागफाँटा १९बागफाँटा र लक्ष्मी मावि दोधाराचाँदनी छनौट भएका छन् ।

कैलालीमा महेन्द्र शिशु मावि जानकी, त्रिभुवन मावि टिकापुर ,जानगागृती मावि लम्कीचुहा, महुन्याल मावि बर्दगोरिया, राष्ट्रिय मावि कैलारी, छडी मावि घोडाघोडी, मालिका मावि गौरीगंगा, सरस्वती मावि गोदावरी,सारदा मावि जुगेडा र पञ्चोदय मावि धनगढी छनौट परेका हुन् ।

छनौट भएका विद्यालयहरुलाई नमुना विद्यालयमा विकास गर्ने प्रयोजनका लागि समग्र विकासको गुरु योजना बनाएर आगामी आर्थिक वर्षको नीति, कार्यक्रम बजेटमार्फत मन्त्रालयमा गुरु योजना पेश गर्न निर्देशन दिइएको छ ।

प्रदेश सरकारले नमुना विद्यालय छनौट गरेसँगै समग्र सामुदायिक विद्यालयको शैक्षिक स्तर वृद्धिका लागि सहयोग पुग्ने शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्र अवस्थीले बताउनुभयो ।

उहाँले भन्नुभयो,“ नमुना छनौटले शैक्षिक गुणस्तर सुधारका लागि सहयोग पुग्छ । शिक्षकहरुको वृद्धिविकासका लागि पनि सहयोग हुनेछ । ”
थप विवरण:-प्रदेश सभा निर्वाचन क्षेत्र नमूना विद्यालय छनौट सम्बन्धमा ।_sv0rgy6

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!