नेपाल खेलकुद पत्रकार मञ्चकाे अध्यक्षमा अधिकारी विजयी

काठमाडौं: नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को अध्यक्षमा निरन्जन अधिकारी विजयी भएका छन्।

काठमाडौंमा सम्पन्न २० औं साधारण सभाले अधिकारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हाे ।

अध्यक्षको पदमा निर्वाचित अधिकारीले निकटतम प्रतिद्वन्द्वी प्रकाश तिमिल्सिनालाई १० मतले पराजित गरे । अधिकारीले ४५ मतले विजयी हासिल गर्दा तिमिल्सिनाले ३५ मत पाए।

प्रथम उपाध्यक्षमा प्रज्वल ओली, उपाध्यक्षहरूमा सन्जिव शिल्पकार र गोविन्द रेग्मी निर्विरोध निर्वाचित भए ।

महासचिवमा अन्जन खड्का निर्वाचित भए । उनले राजु घिसिङलाई २२ मतले हराए ।
अनिल मल्ल ठकुरी सचिव बने । उनले गोबिन्द राज नेपाललाई २३ मतले पराजित गरे ।

यस्तै मुना कार्की कोषाध्यक्ष र नमिता दाहाल महिला सदस्यमा निर्विरोध चयन भए ।
सदस्यहरूमा रमेश सुवेदी, कविरस शर्मा र अभिनव जोशी निर्वाचित भए ।

सदस्यमा भुपेश उपाध्याय र विनय ज्योति सापकोटा पराजित हुन पुगे ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!