बैतडी: अखिल नेपाल महिला संघ बैतडीको अध्यक्षमा पार्वती कार्की चयन हुनुभएको छ।
दोगडाकेदार गाउँपालिकाकी उपाध्यक्ष समेत रहनुभएकी कार्की दाेस्राे कार्यकालमा पुनः अध्यक्ष चयन हुनुभएको हाे।
सदरमुकाममा सम्पन्न पाँचौ अधिवेशनबाट कार्कीको अध्यक्षतामा ३५ सदस्यीय कमिटी सर्वसम्मत चयन गरिएकाे हाे ।
कमिटीकाे उपाध्यक्षमा अन्जु टमाटा र सरस्वती कोलि, सचिवमा सकुन्तला साँउद र कोषाध्यक्षमा पार्वती भुल चयन हुनुभयाे।
महिलाको हकअधिकार रक्षाको लागि पार्टीले दिएको जिम्मेवारी पुर्णरुपमा कुशलतापुर्वक बहन गर्ने अध्यक्ष कार्कीले बताउनुभयो ।
