रोहित शर्माले लिए टेस्ट क्रिकेटबाट सन्यास

काठमाडौं: भारतीय टोलीका कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन्।

यससँगै सबैभन्दा लामो ढाँचामा उनको भविष्यको बारेमा गरिएको अनुमान अन्त्य भएको छ। रोहित टेस्टमा भारतका सबैभन्दा सफल ब्याट्सम्यान हुन्।

उनले ६७ टेस्टमा ४०.५७ को औसतमा १२ शतक र १८ अर्धशतकको मद्दतले ४३० रन बनाएका छन्। 

रोहितको सन्न्याससँगै भारतले इङ्ल्यान्डविरुद्धको सिरिजमा नयाँ टेस्ट कप्तान पाउने भएको छ।

यो दौडमा जसप्रीत बुमराह, केएल राहुल, शुभमन गिल र ऋषभ पन्त अगाडि छन्।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!