विश्वकप छनोट खेल्न नेपाली टाेली थाइल्यान्ड प्रस्थान

काठमाडौं: आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न नेपाली राष्ट्रिय महिला क्रिकेट टोली थाइल्यान्ड प्रस्थान गरेकाे छ। 

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपाली टोली भारतकाे दिल्लीबाट बुधबार थाइल्यान्डको राजधानी बैंककतर्फ प्रस्थान गरेकाे हाे।
नेपाली टोली अभ्यास गर्न केही दिन पहिला भारतको दिल्ली गएकाे थियाे। टोलीले दिल्लीमा रहँदा दुई स्थानीय क्लबसँग अभ्यास खेल खेलेको थियो। 

दिल्लीको टोलीसँग नेपालले तीन हार बेहोरेको थियो। एक खेल वर्षाले सम्भव भएको थिए। आरपिसिएसँगको पहिलो खेलमा ३२ रनको हार बेहोरेको थियो भने मंगलबार चार रनको रोमाञ्चक जित हासिल गरेको थियो।

प्रतियोगिता ९ मेदेखि २० मेसम्म थाइल्यान्डमा हुने तय छ। नेपालले पहिलो खेल हङकङसँग १० मे मा खेल्नेछ। प्रतियोगितामा घरेलु टोली र नेपालसहित बहराइन, भुटान, हङकङ, कुवेत, मलेसिया, कतार र युएई छन्।

यी टोलीलाई तीन समूहमा विभाजन गरिएको छ। नेपाल भने समूह सी मा छ। यो समूहमा हङकङ र बहराइन छन्। नेपालले पहिलो खेल हङकङसँग ९ मेमा खेल्नेछ।

यस्तै, १० मेमा बहराइन र १३ मेमा हङकङसँग पुन: खेल्नेछ। १५ मेमा बहराइनसँग अर्को खेल खेल्दै नेपालले लिगचरण सक्काउने छ। हरेक समूहको विजेताले फाइनल राउन्ड खेल्नेछन्।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!