आदिल अन्सारीकाे प्रतिबन्ध फुकुवा,क्रिकेट खेल्न पाउने

काठमाडौं : नेपाल क्रिकेट संघ क्यानले माेहमद आदिल आलमकाे प्रतिबन्ध फुकुवा गरेकाे छ।

क्यानले एक विज्ञप्ति जारी गर्दै आदिलमाथि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लगाइएको प्रतिबन्ध फुकुवा गरेको जनाएको छ।

आदिललाई २०७९ पौषमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सञ्चालन भएको नेपाल टी-२० क्रिकेट लिग प्रतियोगिताका क्रममा आलममाथि स्पट फिक्सिङको आरोप लागेको थियो।
सो आरोपपछि उनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न नपाउने गरी प्रतिबन्ध लगाइएको थियो।

क्यानको इन्टेग्रिटी कमिटीले आवश्यक प्रक्रिया पुरा गरी प्रतिबन्ध फुकुवा गर्न सिफारिस गरेपछि क्यानले सो सिफारिसको आधारमा २०८२ वैशाख २१ गतेदेखि लागु हुने गरी आदिलकाे प्रतिबन्ध फुकुवा गरेको हो।

आदिलले अब राष्ट्रिय टोलीमा फर्कन बाटो खुलेको छ ।

मध्यम गतिमा बलिङ गर्ने अलराउन्डर आदिल आक्रामक ब्याटिङका लागि परिचित छन् ।

Oplus_131072
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!