विश्वकप छनोट: नेपालले पहिलो खेलमा हङकङसँग भिड्ने

काठमाडौं: आइसिसी महिला विश्वकप एसिया छनोट पहिलो खेलमा नेपालले हङकङसँग खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यानका अनुसार) यी दुईबीचको खेल १० मे मा हुने तय भएको हो।

प्रतियोगिता ९ मेदेखि २० मेसम्म थाइल्यान्डमा हुनेछ। प्रतियोगितामा घरेलु टोली र नेपालसहित बहराइन, भुटान, हङकङ, कुवेत, मलेसिया, कतार र युएई छन्।

यी टोलीलाई तीन समूहमा विभाजन गरिएको छ। नेपाल भने समूह सी मा छ। यो समूहमा हङकङ र बहराइन छन्। नेपालले पहिलो खेल हङकङसँग ९ मेमा खेल्नेछ।

यस्तै, १० मेमा बहराइन र १३ मेमा हङकङसँग पुन: खेल्नेछ। १५ मेमा बहराइनसँग अर्को खेल खेल्दै नेपालले लिगचरण सक्काउने छ।

हरेक समूहको विजेताले फाइनल राउन्ड खेल्नेछन्।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!