सुरेश महरा/ बैतडी: बैतडीको सुर्नया गाउँपालिकामा १० शैय्याको आधारभूत अस्पताल भवन निर्माणको काम धमाधम भइरहेको छ ।
गाउँपालिका–५ पपितामा निर्माण भइरहेको अस्पताल निर्माणको काम ७० प्रतिशत पुरा भएको सुर्नया गाउँपालिकाका अध्यक्ष अमर बहादुर कुँवरले जानकारी दिनुभयो ।
१० शैय्या अस्पताल निर्माण कार्य द्रुतगतिमा भइरहेको छ,ए ब्लकमा तेस्रोतलाको छत ढलान गरि बी ब्लकमा तेस्रोतलाको कार्य प्रगतितर्फ छ । उहाँले भन्नुभयो,“ पछिल्लो समय अस्पताल निर्माणको काम धमाधम भइरहेको छ । करिब ७० प्रतिशत काम सम्पन्न भइसकेको छ । ”
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ‘एक पालिका, एक अस्पताल’ बनाउने योजनाअनुसार सुर्नयामा पनि १० शय्याको अस्पताल निर्माणको काम भइरहेको हो ।
जसका लागि आवश्यक बजेट र कार्यक्रम प्राप्त भए अनुसार २०७८ सालमा अस्पताल निर्माणको ठेक्का सम्झौता भएको थियो ।
करिब १४ करोड रुपैयाँको लागतमा अस्पताल निर्माण भैरहेको जनाएको छ ।
निर्माणको जिम्मा सिएम एसके शिवलीङ जेबी निर्माण कम्पनीले पाएको र २४ महिना भित्र सम्पन्न गरिक्नु पर्ने थियो म्याद थप गरेर २०८२ असार समान्त सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सुर्नया गाउँपालिका सव–ईन्जिनियर शेर बहादुर बिष्टले जानकारी दिनुभयो ।
सुर्नया गाउँपालिका अध्यक्ष अमर बहादुर कुवरले स्वास्थ्य सेवा पहिलो प्राथमिकतामा रहेको बताउदै प्रत्येक नागरिकलाई सस्तो, सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो,“ अस्पताल निर्माणपछि उपचारको लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुनेछ । नागरिकले गाउँमै सहज र सुलभरुपमा स्वास्थ्यसेवा दिने हाम्रो लक्ष्य छ। ”

