सिगास र मेलौलीको नीति तथा कार्यक्रम सार्वजनिक

बैतडी: बैतडीको सिगास गाउँपालिका र मेलौली नगरपालिकाको आगामी आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ ।

गाउँसभाको १७ औं अधिवेशनले नीति तथा कार्यक्रम पारित गरेको सिगास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताउनुभयो ।

गाउँसभामा गाउँपालिका अध्यक्ष हरिसिंह धामीले आगामी आर्थिक बर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो ।

गाउँपालिकाले आवधिक योजना, दिगो विकासका लक्ष्य, संघ र प्रदेश सरकार योजनाहरुलाई समेत मध्यनजर गरेर नीति तथा कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताउनुभयो ।
उहाँले भन्नुभयो,“ आगामी आर्थिक बर्षको बजेट नीति तथा कार्यक्रममा आधारित रहेर बनाउनुपर्ने भएकाले गाउँपालिकाले नीति तथा कार्यक्रम पारित गरिएको छ । ”

शिक्षा, स्वास्थ्य, कृषि, रोजगार तथा सुशासनका क्षेत्रहरु समेट्दै गाउँपालिकाले नीति तथा कार्यक्रम ल्याएको प्रमुख प्रशासकीय अधिकृत अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो,“ गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसार बस्तीस्तरबाट योजना छनौट गरेर बजेट निर्माण गरिनेछ ।”

यस्तै जिल्लाको मेलौली नगरपालिकाको आगामी आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ। नगरसभाको पहिलो अधिवेशनले नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।

नगरसभामा नगर प्रमुख भीम बहादुर चन्दले आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको प्रमुख प्रशासकीय अधिकृत नारायण बहादुर चन्दले बताउनुभयो ।

नगरपालिकाले आवधिक योजना, दिगो विकासका लक्ष्य, संघ र प्रदेश सरकार योजनाहरुलाई समेत मध्यनजर गरेर नीति तथा कार्यक्रम ल्याइएको नगर प्रमुख भीम बहादुर चन्दले बताउनुभयो ।
स्वास्थ्य, शिक्षा, खानेपानी,कृषि, रोजगार तथा सुशासनका क्षेत्रहरु समेट्दै नगरपालिकाले नीति तथा कार्यक्रम ल्याएको नगर उपप्रमुख पार्वती बोहरा बिष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो,“ आगामी आर्थिक बर्षको बजेट नीति तथा कार्यक्रममा आधारित रहेर बनाउनुपर्ने भएकाले नगरपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हौं । नीति कार्यक्रम अनुसार नै बजेट निर्माण गर्छौै । ”

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!