यूएईले पहिलाेपटक पायाे एकदिवसीय मान्यता,अमेरिकाले गुमायाे

काठमाडौं: यूएईको महिला क्रिकेट टोलीले एकदिवसीय मान्यता प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको नयाँ सुचीमा यूएई पहिलोपटक समावेश भएकाे हाे ।

अमेरिकाले भने एकदिवसीय मान्यता गुमाएको छ ।

१२ मे २०२५ देखि लागु हुने नयाँ ओडीआई चक्र (२०२५–२९) का लागि १६ टोलीको सूची सार्वजनिक गरिएको छ। यो सूचीमा पाँच एसोसिएट सदस्य राष्ट्रहरू छन्: थाइल्याण्ड, स्कटल्याण्ड, पपुवा न्यू गिनी (पीएनजी), नेदरल्याण्ड्स र अब यूएई थपिएको छ।

थाइल्याण्ड र स्कटल्याण्डले सन् २०२५ को महिला विश्वकप छनोट प्रतियोगितामा छनोट भई ओडिआई मान्यता कायम राखेका हुन्।
त्यस्तै, पीएनजी र नेदरल्याण्ड्सले आफ्नो टी-२० अन्तर्राष्ट्रिय वरियताका आधारमा ओडिआई स्टाटस कायम राखेका छन्।

यूएईले भने टी२० अन्तर्राष्ट्रिय टोली वरियतामा उच्च स्थानमा रहँदा नयाँ ओडीआई मान्यता प्राप्त गरेको हो।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!