काठमाडौं: गुजरात टाइटन्स इण्डियन प्रिमियर लिग (आइपिएल) मा प्लेअफ नजिक पुगेकाे छ।
सनराइजर्स हैदरबादलाई ३८ रनले हराउदै गुजरात अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हाे।
याे संगै गुजरात प्लेअफ नजिक पुग्दा हैदराबाद बाहिरिएको छ।
जितको लागि २ सय २५ रनको लक्ष्य पछ्याएको हैदरबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाएको छ।
हैदराबादका लागि अभिषेक शर्माले अर्धशतक बनाए।ओपनर अभिषेकले ४१ बलमा ६ छक्का र ४ चौकासहित सर्वाधिक ७४ रनको योगदान गरे।
अर्को ओपनर ट्रेभिस हेडले २० रन बनाए। हेन्रिक क्लासनले २३ रन जोडे । नितिश कुमार रेड्डीले २१ रन बनाए । प्याट कमिन्सले १९ र इशान किसानले १३ रन जोडे ।
गुजरातका मोहम्मद सिराज र प्रसिद्ध कृष्णले समान २, इशान शर्मा र गेराल्ड कोट्जेले समान १ विकेट लिए।
नरेन्द्र मोदी स्टेडियममा त्यसअघि टस जितेर हैदराबादले फिल्डिङ रोजेको थियो। गुजरातले पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २४ रन बनायो।
ओपनर साइ सुदर्शन र कप्तान शुभमन गिलले पहिलो विकेटको लागि ८७ रनको साझेदारी गरे। राम्रो सुरुवात गरेको गुजरातले पहिलो पावर प्लेमा ८२ रन बटुल्यो। सुदर्शन २३ बल खेल्दै ९ चौका सहित ४८ रनमा आउट भए।
त्यसपछि क्रिजमा जमेका शुभमनलाई जोश बट्लरले साथ दिए। यी दुईले दोस्रो विकेटको लागि ६२ रनको साझेदारी गरे। शुभमनले मात्र ३८ बलमा १० चौका र २ छक्का प्रहार गर्दै ७६ रन जोडे।
बटलरले पनि अर्धशतक पूरा गरे । उनले ३७ बलमा ६४ रन बनाए। वासिङ्टन सुन्दरले २१ रन जोडे।
बलिङमा जयदेव उनादकटले अन्तिम ओभरमा ३ विकेट लिए। प्याटक्युमिन्स, जिशन अन्सारी र समान १ विकेट लिए।
गुजरात १४ अंक सहित लिग तालिकाको दोस्रो स्थानमा छ। हैदराबाद ६ अंकसहित नवौं स्थानमा कायम रहेको छ।

