नश्ल सुधारका लागि अनुदानमा बोका वितरण

बैतडी: नश्ल सुधारका लागि बैतडीमा अनुदानमा २५ बोका वितरण गरिएका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटन बैतडकोे आर्थिक बर्ष २०८१/८२ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार नश्ल सुधारका लागि किसानहरुलाई बोका वितरण गरेको हो ।

नश्ल सुधारका लागि उन्नत जातका राँगा बोका वितरण कार्यक्रम अन्तरर्गत बोका वितरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनले जनाएको छ ।

विज्ञ केन्द्रले यसअघि बोका वितरणका लागि आवेदन मागेको थियो । निवेदनका आधारमा खरी जातका २५ वटा बोका वितरण गरिएको हुन् ।

नश्ल सुधार गरेर उत्पादन बृद्धि गर्न बोका वितरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनका कार्यालय प्रमुख गुमानी दत्त पन्तले जानकारी दिनुभयो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीले नश्ल सुधारका लागि उन्नत जातका राँगा बोका वितरण कार्यक्रम अन्तरर्गत १० लाख छुट्याएको थियो। उहाँले भन्नुभयो, “बाख्रामा नश्ल सुधार भई पाठापाठी राम्रो उत्पादन हुन्छन् र ५० प्रतिशत अनुदान दिदा किसानलाई सहुलियत पनि हुन्छ। त्यसैले बोका वितरण गरेका हौं । ”

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!