ललितपुरले जित्याे एनएसएल फुटबलको उपाधि, पाेखरा स्तब्ध

काठमाडौं: ललितपुर सिटी एफसीले‌ लगातार दोस्रो पटक नेपाल सुपर लिग (एनएसएल) को उपाधि जितेको छ।

दशरथ रंगशालामा आज सम्पन्न उपाधि भिडन्तमा पोखरा थन्डर्सलाई आज २-१ गोल गोल अन्तरले हराउँदै ललितपुर लगातार दोस्रो पटक च्याम्पियन बनेको हो।

च्याम्पियन ललितपुरले नगद ८० लाख पुरस्कार जित्यो । उपविजेता पोखराले ३० लाखमा चित्त बुझायाे।

ललितपुरका लागि दुई विदेशी खेलाडी इमोह इजेकेल र पापा इबोउ केबेले गोल गरे । पोखराका लागि एनआरएन खेलाडी सुदिल राईले एक गोल फर्काए ।

ललितपुर अपराजित रहँदै उपाधि जित्ने कीर्तिमान बनाएको छ । यस्तै एनएसएलको उपाधि रक्षा गर्ने पहिलो टिम पनि ललितपुर नै बनेको छ ।

ललितपुरले एनएसएलमा अपराजित खेलको शृंखला पनि बढाउँदै ११ पुर्‍याएको छ ।
दोस्रो सिजन अन्तिम ३ खेलमा अपराजित रहेको ललितपुर यस सिजन खेलेको ८ वटै खेलमा अपराजित रह्यो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!