धाेनी कप्तान रहेकाे चेन्नईकाे सातौं हार,बाहिरिने संघारमा

काठमाडौं: चेन्नई किंग्सलाई सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पुछारबाट दोस्रो स्थान छाडेको छ।

शुक्रबार सम्पन्न खेलमा हैदराबाद पाँच विकेटले विजयी भएको हो। योसँगै हैदराबाद ६ अंकसहित आठौं स्थानमा उक्लिएको छ। पुछारको चेन्नईको भने समान खेलबाट चार अंक छ। चेन्नईको यो सातौं हार हो।

जितको लागि १ सय ५५ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरको ८ बल बाँकी रहँदै विजय प्राप्त गर्यो।

टोलीका ब्याटरले सामूहिक प्रदर्शन गरे । इशान किसनलले टोलीका लागि ३४ बलमा ५ चौका र १ छक्कासहित ४४ रन बनाए ।

कामिन्डु मेन्डिसले ३२, ट्रेभिस हेड, अनिकेत शर्मा र नितिशकुमार रेड्डीले समान १९ रन जोडे। चेन्नईका नुर अहमदले २, खलिद अजमत,अन्सुल कम बोज र रविन्द्र जडेजाले समान १ विकेट लिए।

त्यसअघि सनराइजर्सले टस जितेर फिल्डिङ रोज्यो । चेन्नईले १९ .५ ओभरमा सम्पुर्ण विकेट गुमाउँदै १ सय ५४ रन बनायो।

चेन्नईले निराशाजनक ब्याटिङ प्रदर्शन गर्यो। पहिलो पावर प्लेमा ५० रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो। ओपनर शेख रसिद गोल्डेन डक आउट भए। साम कुरान ९ रनमा र अर्का ओपनर आयुष महात्रे ३० रनमा समेटिए।

कमजोर सुरुवात गरेको चेन्नईको इनिङ्स मिडल अर्डरले पनि जोगाउन सकेनन्। ठुलो साझेदारी बन्न सकेन्। निरन्तर अन्तरालमा विकेट झरि नै रहयो।

डिवाल्ड ब्रेभिसले २५ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै टोलीको लागि सर्वाधिक ४२ रन बनाए। दीपक हुड्डाले २२ र रविन्द्र जडेजाले २१ रन बनाए।

बलिङमा हर्षल पटेल नायक बने।‌ उनले ४ ओभर बलिङ‌ गर्दै २८ रन मात्र खर्चदै ४ विकेट लिए। प्याट क्युमिन्सले २ विकेट झारे।

६ अंकपछि हैदराबाद अंक तालिकामा आठौं स्थानमा उक्लिएको छ।‌ चेन्नई ४ अंक लियर पुछारमा छ।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!