बैंग्लुरुकाे राजस्थानमाथि नाटकीय जित,चम्किए काेहली

काठमाडौं: रोयल च्यालेन्जर्स बैंग्लुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सलाई ११ रनले हराएको छ।

जितका लागि पाएकाे २०६ रनकाे लक्ष्य पछ्याएकाे राजस्थानले २० ओभरमा ९ विकेटको क्षतिमा १९४ रन मात्रै बनाउन सक्याे।

यशश्वी जैसवालले ४९ तथा ध्रुव जुरेलले ४७ रन बनाए । नितिश रानाले २८ रन बनाए ।

बेंगलुरुका लागि जोश हेजलवूडले ४ ओभरमा ३३ रन दिएर ४ विकेट लिए । क्रुनाल पान्ड्याले २ तथा भुवनेश्वर कुमार र यश दयालले १-१ विकेट लिए ।

यसअघि एम चिन्‍नास्‍वामी स्‍टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको बैंग्लुरुले ओपनर विराट कोहलीको अर्धशतकमा निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २०५ रन बनायाे। बैंग्लुरुका कोहलीले सर्वाधिक ७० रन बनाए। ४२ बल खेलेका उनले आठ चौका र दुई छक्का प्रहार गरे। 

देवदत्त पडिक्कलले २७ बलमा चार चौका र तीन छक्कासहित ५० रन बनाए। फिल साल्ट २६ र टिम डेभिड २३ रनमा आउट हुँदा जितेश शर्मा २० रनमा अविजित रहे।

राजस्थानका सन्दीप शर्माले सर्वाधिक दुई विकेट लिए। चार ओभर बलिङ गरेका उनले २५ रन खर्चिए। जोफ्रा आर्चर र वानिन्दु हसरंगाको नाममा समान एक विकेट रह्यो।

यस जितसँगै ९ खेलमा १२ अंक भएको बेंगलुरु अंकतालिकामा तेस्रो स्थानमा उक्लँदा ९ खेलमा ४ अंक मात्र भएको राजस्थान आठौं स्थानमा छ ।
राजस्थानको प्लेअफ सम्भावना अब कठिन बन्दै गएको छ ।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!